तीनाउ खोलामा कार खस्यो, एकजना गम्भीर, थप विवरण आउन बाँकी 

meropati

पाल्पा, ३० जेठ ।  पाल्पा– बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबास्थित तिनाउँखोलामा शुक्रबार कार खसेको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४०९३ नम्बरको कालो प्लेटको कार आज दिउँसो करिब तीन बजे तिनाउ खोलामा खसेको हो ।घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो । गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।



कारमा कतिजना सवार थिए भन्ने खुलेको छैन् । खोलामा पानीको वहाव बढेकोले खोजी कार्यमा कठिन भएको प्रनि श्रेष्ठले बताउनुभयो । दुर्घटनामा अरूपनि हुन सक्ने आशंकामा अहिले खोजी कार्यालाई तीव्र पारिएको छ । घट्नाबारे थप विवरण आउन बाँकी छ । कार सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: