पाल्पामा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टिः रम्भा र बगनासकालीमा भेटिए नयाँ संक्रमित

meropati

पाल्पा, ३२ जेठ । पाल्पामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयकाे प्रेस ब्रिफिङ्गमा  प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् ।

आइतबार जिल्लाका रम्भा गाउँपालिका वडा नम्बर १ का १६ जना र बगनासकाली गाउँपालिकाका वडा न ५ का एक जनामा कोरोना पुष्टि भएको हो ।



जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १६ जना पुरुष र एक जना बालिकामा कोरोना संक्रमण पुष्टी भएकाे जनाइएकाे छ ।

जिल्लाको रम्भा गाउँपालिकाकी १३ वर्षिय एक बालिकामा समेत संक्रमण देखिएको छ । अन्य संक्रमण देखिनेहरु वर्ष ४८, २९, ४६, १९, २०, २२, २५, ४१, १६, १३, ३६, २८, २०, २२, २२, २८ र ३२ वर्ष उमेरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहि संगैं पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ । यस अगाडी पनि  २३ जनामा संक्रमण देखिएको थियो ।

कोरोनाकै कारण जिल्लाका एक जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: