पाल्पा, गुल्मी,अर्घाखाँचीमा सहित थप ४५१ जनामा कोरोना पुष्टीः संक्रमितकाे संख्या ६ हजार २११

meropati

काठमाडौं, १ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ हजार २११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजकाे नियमित पत्रकार सम्मेलनमा थप ४५१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।



देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार सोमबार एकैदिन  ४५१ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ६२११ पुगेको छ।  त्यसैगरी निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ। पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो। गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: