रुपन्देहीका १२, पाल्पाका १० सहित थपिए संक्रमितः आजका ४५१ जना कुन जिल्लाका कति ?

meropati

काठमाडौं, १ असार । काठमाडौं उपत्यकामा थप ५ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४ र ललितपुरका १ जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमवार पत्रकार सम्मेलन गरी दिएका छन् ।



प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

रौतहट– १०२
दैलेख– ९३
दाङ प्रयोगशाला ४३ (जिल्ला स्पस्ट नखुलाएको)
महोत्तरी– ३०
सर्लाही– २३
मोरङ – २१
सुर्खेत– १९
बर्दिया– १६
रुपन्देही– १२
पाल्पा– १०
पर्सा– १०
धादिङ– ९
गुल्मी– ७
बाँके– ५
तनहुँ– ५
डोटी– ४
धनुषा– ४
काठमाडौं – ४
रोल्पा– ४
सिरहा– ४
अछाम – ३
कैलाली– ३
प्युठान– ३
नुवाकोट– ३
अर्घाखाँची– ३
सुनसरी– ३
गुल्मी– २
चितवन– १
झापा– १
ललितपुर– १
बारा– १
कपिलवस्तु– १
मोरङ – १

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: