सिद्धबाबामा हाईलक्स दुर्घटनाः ६ जना घाइते, ३ जना गम्भिर

meropati

बुटवल, २ असार। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै ईसुजु डबल क्याव हाईलक्स जिप दुर्घटना भएको छ।

पाल्पाबाट बुटवलतर्फ आउंदै गरेको प्रदेश ३ को ०१ च, ४५२२ नंं को हाईलक्स गाडी सिद्धबाबा मन्दिर नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।



दुर्घटना भइ जिप खस्दा जिपमा सवार ६ जना घाईते भएका छन । घाईते सबै तिनाउ गाउपालिकाका टिप्पर ब्यवसायीहरु भएको बताईएको छ ।

घाईते मध्ये ३ को अवस्था गम्भिर रहेकाे बताइएकाे छ  । घाईतेहरु सवैलाई उपचारका लागि बुटवल पठाईएको छ ।  प्रादेशिक अस्पताल बुटवलमा उनिहरु सबैकाे उपचार भइरहेकाे छ ।

घाइते हुनेमा चालक पाल्पा तिनाउ गाउँपालिका ३ झुम्साका ३८ वर्षीय दयाराम पाण्डे, सोही ठाउँका २८ वर्षीय कृष्ण बस्याल, ३६ वर्षीय नन्दलाल बस्याल, ४५ वर्षीय बालकृष्ण बस्याल, ३८ वर्षीय शिव पाण्डे, ३८ वर्षीय विनोद पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: