समाजसेवी अकरम पठानको अगुवाईमा राहत वितरण

meropati
कृष्णनगर, २ असार । कपिलवस्तु कृष्णनगर नगरपालिका वड़ा नम्बर १ सेमरामा अति विपन्न असहाय गरीब परिवारलाई राहत वितरण बरिष्ट समाजसेवी अकरम पठानको अगुवाईमा वितरण गरिएकाे छ ।
राहत वितरण कार्यक्रममा कृष्णनगरका समाजसेवी राहुल मोदनवाल र भीमा परियार पनि उपस्थिति भएका थिए।
विश्वभरमा कोरोना भाइरसबाट महामारीको रुप रहेकाे यस्तो अबस्थामा लकडाउनको समयमा अतिविपन्न असहाय गरीब परिवारलाई जीवनयापन गर्नमा धेरै कठिनाई परेकाे भन्दै समाजसेविकाे अगुवाइमा रातह वितरण गरिएकाे हो ।
जिल्लाकाे कृष्णनगर नगरपालिका वड़ा नम्बर १ सेमरामा राहत वितरण गरिएकाे उनले बताए ।
उक्त राहत वितरण कार्यक्रम मा चामल, दाल, तेल, साबुन, नून चीनी आदि सामाग्री वडा १ सेमरामा वितरण भएको हो। राहत पाउनेहरुमा  वडा नम्बर १ र २ का अतिविपनय असहाय गरीब परिवार मानिसहरु  थिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: