कालीगण्डकी बाहेक गुल्मीका सबै स्थानिय तहमा कोरोनाः संकमितको संख्या ५८ पुग्यो

meropati

तम्घास, ३ असार ।  गुल्मीमा कोरोना फैलिदो छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएकाे हाे । योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

मंगलबारै साँझ १६ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु इश्मा गाउँपालिकाका ९ जना ,मालिका गाउँपालिकाका २ जना , गुल्मीदरबार गाउँपालिकाका ४ जना , र रेसुंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



उनीहरुको उमेर समूह १ बर्षका बालकदेखि ३९ बर्ष सम्मका सबै पूरुषहरु रहेको आर्चायले जानकारी दिए । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये कालीगण्डकी गाउँपालिकामा बाहेक अन्य सबैमा संक्रमण फैलिएको छ ।

जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने २ जना उपचार पछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: