अर्घाखाँचीका सबै तहमा कोरोना एकै दिन १०० जनामा पुष्टीः जिल्लामा संक्रमितकाे संख्या १५८ पुग्यो

meropati
अर्घाखाँची, ३ असार ।  बुधबार एकै दिन अर्घाखाँचीका १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लाका विभिन्न स्थानमा गरिएको स्वाब परीक्षणमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे विज्ञप्तीमा जनाइएकाे छ ।योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ५८ पुगेको छ। कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।
जिल्लामा आजमात्रै १०० जनामा संक्रमण देखिएकाे हो । जिल्लामा एकैदिन यतिधेरै संक्रमण पुष्टी भएकाे पहिलो पटक हो ।  यस्तै मंगलबार राति क्‍वारेन्टाइनमा आत्महत्या गरेका शितगंगा नगरपालिका-५ जुकेनाका ४५ वर्षीय पुरुषको पिसिआर रिर्पोट पनि पोजेटिभ आएको छ ।
यो सँगै अर्घाखाँचीमा कोरोनाबाट संक्रमितको संख्या १५८ पुगेको छ । भने कोरोनाबाट मुत्यु हुनेको संख्या ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: