पाल्पा सम्मोबारीकाे पहिरोमा परेर मृत्यु भएकाको पहिचान खुल्यो

meropati

बुटवल, ९ असार  । सोमवार दिउँसो पाल्पाको तानसेन–११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु हुनेको पहिचान खुलेको छ ।

तानसेन रिडी सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी चार सवारी साधनलाई पहिरोले बगाएर तीन जनाको ज्यान गएको थियो ।



सडकमाथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा दुुई जनाको घटनास्थलमै र एक जनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको थियो । पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी गराए ।

पहिरोमा परी चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको पाण्डेले जानकारी दिए । त्यस्तै, लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन् ।

ती गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सोमबार बिहान ८ बजे खसेको पहिरो पन्छाउने क्रममा फेरि पहिरो खसेर सडकमा रहेका सवारीसाधान पहिरोल बगाएर थप क्षति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: