पाल्पाको पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

meropati

पाल्पा, ९ असार । पाल्पामा सोमबार साँझ पहिरोले दुइवटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । खोजी गर्नेक्रममा मंगलबार अपरान्ह एकजनाको शव फेला परेको हो।

झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो । पहिरोले पुरिएको अवस्थामा उनको शव फेला परेको हो । ट्याङ्करका सहचालक रहेका उनको शव अहिले जिल्ला अस्पताल पाल्पाको शव गृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।



यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिका २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका ८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ शव फेला परेको थियो ।

पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका ११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै सडकमाथिबाट झरेको पहिरोले दुइवटा गाडी बगाएको थियो। अन्य दुइवटामा भने सामान्य क्षति भएको छ ।

लु२ख १३७६ नम्बर ट्रक र लु१क १९२८ नम्बरको ट्याङ्कलाई पहिरोले बगाएको थियो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा परेको अवस्थामा रहेको छ । सडकमा रहेका लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको पिकअप जीपलाई समेत पहिरोले सामान्य क्षति पु¥याएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सर्वसाधारणले घटनास्थल पुगेर उद्वार गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: