पाल्पाका एकैदिन थप १२१ जनामा कोरोना पुष्टिः जिल्लामा संक्रमितकाे संख्या ३६६ पुग्यो

meropati

काठमाडौँ, ११ असार । पाल्पामा एकैदिन १२१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो। भने प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट २८ जनामा कोरोना पुष्टि भएको हो ।  योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन सय ६६ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा संक्रमितहरु भेटिएको जानकारी गराएको छ । पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि भरतपुर आएको अस्पतालले जनाएको छ । भरतपुरमा कोरोना पुष्टि भएका सबै पाल्पाको निस्दी गाउँपालिकाका हुन ।



बाँकी २८ जनाको प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट पुष्टि भएको स्थास्थ्य कार्यालयले जनाएको छ । ति मध्ये पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । पाल्पामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: