स्याङ्जाका २२ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टिः प्रदेशमा संक्रमितको संख्या ८३८ पुग्यो

meropati

पोखरा, १३ असार । गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका बागलुङ, स्याङ्जा र नवलपुरका  २६  जना पुरुष र ६ महिलामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।



शनिबार बिहान  बागलुङका २ पालिकाका ८ पुरुष, स्याङ्जाका ४ पालिकाका १६ पुरुष र ६ महिला  तथा  नवलपुरको हुप्सेकोटका २  पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हुप्सेकोटका २ जना  र स्याङ्जाको वालिङका १ जनालाई आइसोलेसनमा राखिसकिएको र अन्यलाई  सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: