रुपन्देहीमा देखियो समूहमै सलहः कृषकसहित सबैमा चिन्ता

meropati

बुटवल, १३ असार ।  शनिबार प्रदेश २ मा देखिएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए । ‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’



उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए । ‘कीरा देखिएको खबर प्राप्त हुनासाथ कीट विज्ञसहित कृषि विज्ञहरु छलफल र अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘क्षतिबाट बचाउने उपाय अपनाउने छौं ।’

दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, देविनगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो ।

अहिलेपनि बुटबलमा सलह किराहरुकाे उडिरहेका छन् । भने यो यहाँ बुटवलमा मात्र नभएर नजिकै सालझन्डि रानिबगिया मुर्गिया लगाएतका ठाँउमा समेत सलह किरा दिखिएकाे छ ।

यसले के कति क्षति गर्ने हो भनेर कृषकहरु लगाएत सबैमा चिन्तामा पारेकाे छ । यस किराकाे क्षति कम गर्न सबै जुट्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: