पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही सहित आज थपिएका ४६३ संक्रमित मध्ये कुन जिल्लाका कति ?

खबर खुराक
खबर खुराक १४ असार २०७७, आईतवार
3 Min Read
Aa

काठमाडौं, १४ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार ७७२ पुगेकाे छ  । आइतवार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार मात्र ४६३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको हो ।

मन्त्रालयका अनुसार आज आइतबार मात्र १०५ महिला ३५८ पुरुष  गरेर ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

कुल संक्रमितमध्ये १४७४ महिला र ११ हजार २ सय ९८ पुरुष गरे १२ हजार ७७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ महिला र १७९ पुरुष गरेर २५५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या ३०१३ पुगेको छ ।

२४ घण्टामा कुन जिल्लामा कति थपिए कोरोना संक्रमितः 

संक्रमित हुनेमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभरिका विभिन्न क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्