Ad imageAd image

बुटवलमा दुईजनाले सलह किरा संकलन गरेर ल्याए, २० रुपियाँ प्रति केजिकाे दरले पैसा बुझेँ

खबर खुराक
खबर खुराक १४ असार २०७७, आईतवार
2 Min Read
Aa

काठमाडौं, १४ असार । बुटवलमा दुई जनाले सलह किरा बुझाएर पैसा बुझेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका दुई जना बालबालिकाले बुटवल उपमहानगरमा सलह किरा बुझाएर पैसा बुझेका हुन्।

त्यसरी सलह किरा बुझाउनेमा अच्युत न्योपाने र सविना थारु रहेका छन्। ति दुबै उपमहानगरपालिको वडा नम्बर ४ का बालबालिका हुन्। आइतबार बिहान रुखबाट भूइमा खसेका सलह छोपेर आफूहरूले ल्याएको भनेको बुटवल उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भुवाप्रसाद लुइटेलले जानकारी दिए।

उनीहरूले ल्याएको सहलको तौल साढे ८ किलो रहेको लुइटेलेको भनाई छ। महाशाखा प्रमुख लुइटेलका अनुसार अच्युतले ५ किलो र सविनाले साढे तीन किलो बराबर सहल जम्मा पारि ल्याएका थिए। सलह जिउँदो समेत रहेको उनको भनाई छ।

ति दुबै बालबालिकालाई शनिबार प्रदेश सरकारको निर्णय अनुसार प्रतिकिलो २० रुपियाँका दरले भुक्तानी दिइएको लुइटेलले जानकारी दिए। ति बालबालिकाहरूले सुरुमा वडा नम्बर ४ को कार्यालयमा सहल किरा लिई गएकोमा वडाले शिफारिश पत्र लेखि बुटवल उपमहानगरपालिका पठाई दिएको थियो।

- Advertisement -
Ad image

शनिबार प्रदेश ५ सरकारको आन्तरिक मामिला मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री र अधिकारीहरूका साथै बुटवल उपमहानगरका अधिकारीहरूको बैठकले कोही कसैले सलह किरा छोपी ल्याए प्रति किलो २० रुपियाँ दिने निर्णय गरी सार्वजनिक गरेको थियो।

यता प्रदेश ५ का कृषि विकास निर्देशनालयले सलह किरा रुपन्देही, नवलपरासी र कपिलवस्तुका साथै पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घाखाँचीमा पनि पुगेको जानकारी आएको बताएको छ। निर्देशक यामनारायण देवकोटाले त्यहाँसम्म सलह किरा पुगेको जानकारी आएपनि त्यसले पारेको नोक्सानका बारेमा भने कुनै जानकारी नआएको बताए।

प्रतिक्रिया दिनुहोस्