सैनामैनामा कार र मोटरसाइकल ठोक्कियो दुई जनाको मृत्यु

खबर खुराक
खबर खुराक १५ असार २०७७, सोमबार
1 Min Read
Aa

बुटवल, १५ असार । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना-१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैनाको रामापुर कलौली नजिक शान्तिटोलमा एकआपसमा ठोक्किए उनीहरु गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको राठौरले बताए । कार र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्