Ad imageAd image

श्रीनगरडाँडामा ‘तानसेन’ लेखिएको होर्डिङ बोर्ड निर्माण हुने

खबर खुराक
खबर खुराक १५ असार २०७७, सोमबार
3 Min Read
Aa

पाल्पा, १५ असार । जिल्लाको सदरमुकाम तानसेनस्थित श्रीरनगरडाँडामा ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ निर्माण हुने भएको छ । जुन बोर्डमा तानसेन लेखिएको हुनेछ। निकै टाढाबाट समेत देखिने छ । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो । संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’को अक्षर जडानको सोमबार एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभएको छ ।

यसले नयाँ मोडेलको टुरिजम विकास गर्ने सांसद पाण्डेले बताउनुभयो । यहाँको पर्यटकीय क्षेत्रमा थप विकास गर्नको लागि तानसेन लेखिएको ठूलो बोर्ड निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । सिद्धार्थ राजमार्गमा यात्रा गरिरहेका पर्यटक यही बोर्ड देखेपछि तानसेन चिन्न र आउन सकुन भन्ने उद्देश्यले निर्माण गर्न लागिएको उहाँले दावी गनुएभयो । ‘ऐतिहासिक पर्यटकीय ठाउँ तानसेन हो’ उहाँले भन्नुभयो ‘यसले तानसेनको गरिमा बढाउछ । पर्यटकीय हिसाबले थप विकास हुन्छ । यो बोर्डले तानसेनमा पर्यटकको थप आकर्षण बढ्ने छ । तानसेनको परिचय नै दिनेछ ।’ तत्काल अन्य निकायबाट बजेट व्यवस्थापन नहुने भएपछि आफ्नै सांसद विकास कोषबाट बजेट विनियोजन गरेको उनले सुनाउनुभयो । सांसद पाण्डेकाअनुसार बोर्ड निर्माणका लागि ५० लाख बजेट विनियोजन भएको छ ।

तानसेनको एकमात्र विकासको बाटो पर्यटन भएको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । ‘विरलै देखिने डाँडामाथिको सुन्दर बस्ती तानसेन बजार हो’ उहाँले भन्नुभयो ‘यहाँ ठूला उद्योग छैनन्। यहाँको विकासको मुख्य बाटो नै पर्यटन हो।’ योे बोर्डले आइकोनको रूपमा काम गर्ने उहाँले बताउनुभयो । तानसेनको खास परिचय दिनेछ । पर्यटन व्यवसायिलाई उत्साहित बनाउने छ । कोरोना भाइरस (कोभिड १९) ले थिलोथिलो परेको पर्यटन व्यवसायलाई यो बोर्डले प्रवद्र्धन गर्ने प्रमुख शाहीले बताउनुभयो ।

ठूला अक्षरमा तानसेन लेखिएका बोर्डको लम्बाई साढे ४३ मिटर र ८ मिटर उचाई रहने छ । भने ८ मिटर नै फराकिलोका अक्षर बनाइने छ । सबै तिरबाट देखिने गरी विशेष खालको पेन्टले पोतिने इन्जिनियर केशव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिंक्रिज पोली युरेपिन पेण्ट प्रयोग गरिने छ । अक्षरको पृष्ठभूमीमा सेतो रंगको हुने छ। भने किनारमा हरियो रंग लगाइने । रातीमा समेत देखिने गरी लाइटको व्यवस्था हुनेछ । बोर्डमा फोकस लाइट दिइने छ। सोलारबाट हेलोजिन लाइट बालिने उहाँले बताउनुभयो । ‘सोलार सिस्टम हुने छ। समय सेट हुने छ’ इन्जिनियर श्रेष्ठले भने ‘रातीमा आफै बल्छ ।’

- Advertisement -
Ad image

कार्यक्रममा नेकपा नेता मोहन थापा, तानसेन नगरपालिका वडा नम्बर ३ वडाध्यक्ष महेसलाल शाक्य, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, बोर्ड निर्माण अनुगमन समितिका अध्यक्ष सुनिता शर्मा लगायतले बोर्ड निर्माण भइसकेपछि यहाँ आउने पर्यटक तानसेन कहाँ हो ? भनेर अलमलिन नपर्ने बताउनुभएको थियो ।

बोर्ड निर्माण कार्य तीव्ररूपमा अगाडी बढेको निर्माण योजनाका अध्यक्ष करूणा काफ्लेले बताउनुभयो । असार मसान्तसम्ममा काम सम्पन्न हुने उहाँले दावी गर्नुभयो ।

अध्यक्ष काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष थानीमायाँ सोमैले स्वागत र सन्तोष खनालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्