पाल्पा, १६ असार । पाल्पामा मंगलवार र साेमवार गरेर थप ४१ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ५१४ पुगेको छ । आज थपिएका रैनादेवी छहरा रम्भा पुर्वखाेला र रामपुरका रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।
जिल्ला स्वास्थ्यले सोमबारको रिपोर्ट शून्य रहेको बताएको थियो। मंगलबार भने दुई दिनको रिपोर्ट सार्वजनिक गरेको हो।
थपिएका संक्रमितमध्ये ३८ जना पुरुष र ३ महिला रहेका छन्। रामपुर नगरपालिकाका १, पूर्वखोला गाउँपालिकाका १०, रैनादेवी छहरा गाउँपालिकाका १३ र रम्भा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।
पाल्पामा हालसम्म १८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणका कारण निधन भएको छ।
प्रतिक्रिया दिनुहोस्