थप ७४० जनामा कोरोना पुष्टिः नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

meropati

काठमाडौं, १९ असार ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन्।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। शुक्रबार मात्र  ७४०  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट आएको बताए।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: