थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

meropati

काठमाडौं, २३ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १ सय ६८ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: