भारतीय अभिनेता सुशीलको निधन, आत्महत्याको आशंका

meropati

एजेन्सी, २५ असार । दक्षिण भारतीय अभिनेता सुशील गौडाको निधन भएको छ । उनले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गौडा करनाटकका चर्चित अभिनेता हुन् ।

वर्ष २०२० भारतीय सिने उद्योगका लागि दुःखद् रह्यो । इरफान खान, ऋषि कपूर, सुशान्त राजपूतलगायतका सेलिब्रेटीहरुको मृत्यु भयो । ऋषि र इरफानले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युवरण गरे भने सुशान्तले डिप्रेसनको शिकार भएपछि आत्महत्या रोजे ।



अब फेरि टेलिभिजन उद्योगबाट दुःखद खबर बाहिरिएको छ । कन्नड टिभी अभिनेता सुशील गौडाले पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुलेको छैन ।

मांड्या जिल्लामा रहेको घरमै उनको शव बुधबार भेटिएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पिटिआइले जनाएको छ । प्रहरीले गौडाको मृत्युको कारण स्पष्ट नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

३० वर्षका सुशील आफ्नो गृहनगर कर्नाटकमा बस्थें । उनले रोमान्टिक सिरियल अन्तपुरामा काम गरेका थिए । प्राप्त जानकारीअनुसार सुशीलले मंगलबार आत्महत्या गरेका हुन् । अभिनेतासँगै उनी फिटनेश ट्रेनर पनि थिए र कन्नड फिल्म उद्योगमा आफुलाई स्थापित गर्न मेहिनत गरिरहेका थिए । प्रदर्शनमा आउन बाँकी रहेको ‘सालागा’ फिल्ममा उनले पुलिसको भूमिका निर्वाह गरेका थिए, यस फिल्ममा अभिनेता दुनियाँ विजय लिड रोलमा छन् ।

निर्देशक अरविन्द कौशिकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘निकै दुःखद खबर प्राप्त भयो । सुशील गौडा जो टिभी सिरियल ‘अन्तपुरा’ मा लिड रोलमा थिए, अब यस दुनियाँमा रहेनन् । उनको आत्मालाई शान्ति मिलोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: