पछिल्लो २४ घण्टामा थप ११८ कोरोना संक्रमित थपिए, १२० निको भए

meropati

काठमाडौं, २६ असार । नोभेल कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।



हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ।

हालसम्म देशभरका क्वरेन्टिनमा २३  हजार ९१० जना रहेका छन्  भने  हजार ८ हजार ६०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ ।

सार्क सदस्य राष्ट्रसँग नेपाललाई तुलना गर्दा नेपाल पीसीआर परीक्षणमा अफगानस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

प्रत्येक १० लाखमा हुने मृत्युदरका आधारमा पनि नेपाल बंगलादेश, भारत, माल्दिभ्स,  अफगानिस्तान र पाकिस्तानभन्दा कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: