अवैध मिर्गौला प्रत्यारोपणमा संलग्‍न भएको आरोपमा पक्राउ परेका १२ जना यि हुन्

meropati

काठमाडौं, २८ असार । कलेज अफ मेडिकल साइन भरतपुरमा विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी नक्कज कागजात बनाएर तेश्रो मानिसको मिर्गौला झिकी मानव बेचबिखन तथा ओसारपसारमा संलग्‍न रहेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ४ उपदफा – १ (ग) को कसुर गरेको देखिएकोले सोहि ऐन बमोजिम हिरासतमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको चितवनबाट खटिएको टोलीले तीनजना डाक्टर, ललितपुर महानरपालिकाका एक वडाध्यक्षसमेतलाई पक्राउ गरेको थियो । उच्च प्रहरी स्रोतका अनुसार नक्कली नाता प्रमाणित गरेर १३ लाखमा मिर्गौला किनिएको थियो । प्रत्यारोपणदेखि अन्य सबै प्रक्रियामा ३२ लाख खर्च भएको थियो ।  मिर्गौला बेच्ने व्यक्तिको हातमा ८ लाख परेको प्रहरी स्रोतको दाबी छ । मिर्गौला प्रत्यारोपण राकेश वर्माको टोलीले गरेको थियो ।



पक्राउ पर्नेहरु : 

– चितवनको भरतपुर महानगरपालिका -४ घर भई हाल जिल्ला प्रशासन कार्यालय चितवनमा प्रशासकीय अधिकृतमा रहेका ५४ वर्षीय रामचन्द्र ढकाल ।
–  नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोटा नगरपालिका वडा नं – ५ घर भई हाल कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरको कानुनी सल्लाहाकार रहेका ४० वर्षीय रमेश काफ्ले ।
– मोरङ विराटनगर महानगरपालिका वडा नं-१२ घर भई हाल कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरको प्रमुख सञ्‍चालक अधिकृत रहेका ५५ वर्षीय डा. सुप्रभात श्रेष्ठ ।
– गोरखा पालुङटार नगरपालिका वडा नं – ६ घर भई हाल कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरमा कार्यरत ५० वर्षीय डा. बालकृष्ण कालाखेती ।
– महोत्तरी जलेश्वर नगरपालीका वडा नं – १३ धवौली घर भई हाल काठमाडौं महानगरपालिका -३१ नयाँ वानेश्वर  बस्‍ने ६५ वर्षीय नोवेल अस्पतालका डा. राकेश कुमार वर्मा ।
– भक्तपुरको भक्तपुर नगरपालीका वडा नं- ६ बस्‍ने जमुना राज भण्डारी ।
– गुल्मी  रेसुङ्गा नगरपालीका वडा नं- ५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ अस्थायी बसोबास गर्ने, प्रहरी सहायक निरीक्षक भिम प्रसाद खनाल ।
– झापा कन्काई  नगरपालीका वडा नं-२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं-३ रानिवारीमा अस्थायी बसोबास गर्ने  ३८ वर्षीय लम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया ।
– भोजपुरको हठुवागढी गाउँपालिका – ९ घर भई हाल भक्तपुर जगाती बस्ने रेश्मा राई ।
– ललितपुरको ललितपुर महानगरपालिका वडा नं -३ स्थायी वतन भई हाल ललितपुर महानगरपालिका वडा नं-३ को वडाअध्यक्ष ५७ वर्षीय गोपाल महर्जन ।
– काठमाडौं नागार्जुन नगरपालिका वडा नं-५ हरिसिद्धी बस्‍ने जिल्ला प्रशासन कार्यालय  ललितपुरका तात्कालिन खरिदार (हाल अवकाश प्राप्त) ५८ वर्षीय नवराज के.सी।
– ललितपुर महानगरपालिका – २५, नख्खुटोल बस्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक  ४९ वर्षीय राजकुमार के.सी ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: