पाल्पाका सहित थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार बढी

meropati

काठमाडौँ, ३० असार । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।



प्रवक्ता गौतमले क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७१६ र आइसोलेसनमा ६ हजार ६९५ जना उपचाररत रहेको बताए ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१ ,महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: