सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड ४५ घण्टापछि खुल्यो

meropati

बुटवल, ३१ असार । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड ४५ घण्टापाछि बुधबार दिउँसो खुलेको छ । पहिरोसँगै खसेका दुई ठूला चट्टानका कारण पाल्पाको दोभानमा सडक अवरुद्ध भएको थियो ।

पहिरोसँगै झरेका दुई ठूला चट्टानलाई सडक कार्यालय बुटवलबाट गएको ब्रेकरले फोडेर पन्छाएपछि बुधबार दिउँसो साढे एक बजेतिर सडकको अवरोध हटेको हो ।



सडकको अवरोध हटाइएपछि दुईतर्फीरुपमा सवारी सञ्चालन हुन थालेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: