बुटवल-पाल्पा सडकमा एउटा पहिरो नहटाउदै खस्‍यो अर्को पहिरो सडक खुल्न अझै समय लाग्ने

Avatar
४ श्रावण २०७७, आईतवार ०९:३०

बुटबल, ४ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटबल सडक खण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै खसेको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध सडक सुचारु भएकाे छैन ।

त्यहाँको पहिरो नहटाउँदै तिनाउ गाउँपालिका दोभान बजारनजिक ठूलाठूला ढुंगासहित पहिरो खसेर त्यहाँको समेत सडक अबरुद्ध बनेको छ ।

केही दिनअघि ४५ घण्टासम्म बन्द भएको दोभान पैठेडाँडा नजिक आइतबार फेरि बिहान ठूला ढुंगा खसेको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

राजमार्गको गौडेपुलनजिकै तीन दिनअघि खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । सडक डिभिजनले दुवैतर्फबाट लोडर र एक्स्काभेटर लगाए पनि बाटो सुचारु हुन अझै केहि समय लाग्नेछ ।

पहिरो ठूलो भएको र काम गर्न सहज रुपमा नपाएकाले ढिलाइ भएको र काम गर्दा समेत बाटोमाथीबाट पहिरो आउने क्रम नरोकिएकाले संचालनमा ल्याउन कठिनाइ भएकाे हो ।

बुटबवलबाट यात्रा गर्ने यात्रु बुटबल तिरै फर्कने र पाल्पा तिरबाट यात्रा गर्नेहरु उतै फर्कने पनि हरु पनि छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार ०९:३०

प्रतिक्रिया दिनुहोस्