अब देखि होटल, यातायात, विद्यालय भर्ना समेत खुल्नेः यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय

meropati

काठमाडौं, ६ साउन । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएको छ ।

यी हुन् मुख्य निर्णयहरू



– भदौ १ गतेदेखि हवाइ उडान खोल्ने ।

– नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने । यसभन्दा अघि सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने निर्णय गरेको थियो ।

– प्रशासनिक अदालतको अध्यक्षमा डिल्लीराज घिमिरे, सदस्यमा रीता मैनाली र उच्च अदालत पोखराका रजिष्टार कृष्णप्रसाद मैनाली नियुक्त ।

– भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने ।

– लकडाउनलाई अझै खुकुलो बनाइने ।

– जोर–बिजोर प्रणाली हटाउने ।

– साउन ८ गतेदेखि विद्यालय खुला गर्ने र भर्ना अभियान शुरू गर्ने ।

– साउन १५ गतेदेखि होटल खुला गर्ने ।

– अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरो र डुबानको समस्या समाधानका लागि तत्काल सबै संयन्त्र परिचालन गर्ने । प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र थप क्षति हुन नदिनेतर्फ सबै सचेतता अपनाउने ।

सरकारले यसबारे विस्तृत जानकारी बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनमार्फत दिनेछ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: