थपिए कोरोनाका १५० संक्रमित: ६०९ जना कोरोनाबाट मुक्त

meropati

मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।



त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भएको छ। अब विभिन्न अस्पतालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: