सुन र चाँदी दुबैको नयाँ रेकर्ड, सुन ९४ हजार, चाँदी कति ?

meropati

काठमाडौं, ७ साउन । सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको छ । सुनको भाउ एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । यस्तै चाँदी पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार कायम गरेको छ । हिजो (मंगलबार) तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा एक हजार तीन सयले नै बढेर ९३ हजार ५ सय ६० पुगेको छ ।



चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो (मंगलबार) तोलाको एक हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज (बिहीबार) ११ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: