उद्योग वाणिज्य महासंघको चुनाव स्थगित, अब कहिले ?

meropati

काठमाडाैं, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सरेको छ । सरकारले भदौ १ गतेसम्म सभा सम्मेलन गर्न नपाउने निर्णय गरेसँगै चुनाव सार्ने निर्णय गरिएको महासंघका पूर्वअध्यक्ष पशुपति मुरार्काले लोकान्तरलाई बताए ।

महासंघका पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने निर्णय भएको उनको भनाइ छ ।



सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नदिने भनेकाले साउन २६ र २७ गतेका लागि तोकिएको साधारण सभा पछि सार्नु  परेको हो ।

सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट पारेको १५ दिनभित्र साधारण सभा गर्ने महासंघ को भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: