थप १३३ जनामा कोरोना आज कुन जिल्लामा कति थपिए ?

Avatar
९ श्रावण २०७७, शुक्रबार १८:१६

काठमाडौं, ९ साउन । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका १, सुनसरीका १, झापाका २५, मोरङका २, सप्तरीका ७, सुनसरीका ४, बाराका १, सर्लाहीका २, पर्साका ३१ जना कोरोना संक्रमित रहेका छन्।

धनुषाका १, काठमाडौँका १०, चितवनका २, उदयपुरका १, कास्कीका ५, लमजुङका ३, बागलुङका १, तनहुँका १, बाँकेका २, वर्दियाका २, दाङका ४, नवलपरासीका ४, रुपन्देहीका ४, जाजरकोटका १, कालिकोटका २, दैलेखका ८ तथा कैलालीमा ८ जना संक्रमित थपिएका छन्।

कोरोना भाईरसको संक्रमण निको भएर थप १०७ जना संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १८:१६

प्रतिक्रिया दिनुहोस्