वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

meropati

काठमाण्डौ, १० साउन । पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमित बढ्न थालेपछि बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको हो । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागू गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

गण्डकमा रहेको कोभिड अस्पतालमा उपचारका क्रममा हिजो ज्यान गुमाएकी एक किशोरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । १७ वर्षकी किशोरीलाई झाडापखाला र छारे रोगको लक्षण देखिएको डाक्टर निरज सिंहले बताउनुभयो । वीरगञ्ज(११ की ८५ वर्षकी वृद्धाको पनि उपचारका क्रममा ज्यान गएको थियो । ती वृद्धामा बुधबार कोरोना पुष्टि भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: