शनिबार थपिए १०९ संक्रमित, डिस्चार्ज भए १०६ जना

meropati

काठमाडौं, १० साउन ।  शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्।

देशभरका २७ वटा प्रयोगशालामा चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।



अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना छन्।

उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीय सय ८५ जना छन्।

शनिबार कोरोना निको भएर एक सय ६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।

कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: