शिद्धबाबामा पहिरो, बुटवल–तानसेन सडक अवरुद्ध

meropati

बुटवल, १२ साउन । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रको पौथेडाँडा पानी मिल नजिक पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ।

गए राती देखि परेको वर्षाका कारण सोमबार विहान सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने पौथेडाँडा पानी मिलनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएको छ।



सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकाले वर्षाका कारण पहिरो हटाउने काम अझै सुरु भएको छैन। सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ। यस वर्ष मात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि पटक पटक राजमार्ग अवरुद्ध भइसकेको छ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: