सुनले रेकर्ड तोड्दै, आज मात्रै १२०० ले बढ्यो

meropati
काठमाडौं, १२ साउन । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् ।

यता, चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँ  पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) १० ग्राम सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: