कोरोना संक्रमणका कारण नेपालमा बढ्दो मृत्युदर

meropati

काठमाडौँ, १७ साउन । कोरोना संक्रमणका कारण नेपालमा दिनानुदिन मृत्युदर पनि बढ्दै गएको छ। पछिल्लो एक महिनामा औसत दैनिक एक जनाको मृत्यु भएको छ।

शुक्रबारमात्रै नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।



नेपालमा अधिकांश दीर्घरोगीहरु कोरोनाका कारण मृत्यु भएको डा. सन्तोष दुलालले बताए। उनले ४५ जनाको मृत्यु पुष्टि हुँदा गरेको अध्ययनमा ७३ प्रतिशत मृत्यु दीर्घरोग लागेका मानिसहरुको भएको बताए। नेपालमा कोरोनाको औसत मृत्यु उमेर ४७ वर्ष रहेको डा. पाण्डेले अध्ययनमा उल्लेख गरेका छन्।

विश्वका अन्य देशजस्तै नेपालमा पनि दीर्घरोगीहरुमा कोरोना संक्रमणको कारण मृत्युदर बढिरहेको भन्दै उनले दीर्घरोगीहरु अस्पताल उपचारको लागि भर्ना हुनेबित्तिकै कोरोनाको परीक्षण र उपचारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: