आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

meropati

काठमाडौं , १८ साउन। आइतबार नेपालमा २ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

देशका विभिन्न स्थानमा स्थापना गरिएका प्रयोगशालामा परीक्षण गर्दा आज २ सय ४६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सुनसरीका १२, मोरङका १६, धनुषाका ३५, चितवनका १, महोत्तरीका ५, सर्लाहीका २, पर्साका ८०, बझाङका २, डोटीका ११, कैलालीका १०, काठमाडौंका २२, ललितपुरका ८, भक्तपुरका १, वर्दियाका १०, दार्चुलाका १, गोर्खाका १, रौतहटका २, सिन्धुलीका १, पर्साका १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कास्कीका ५, बागलुङका १, लमजुङका ३, स्याङजाका ८, तनहुँका २, नवलपरासीका ३, रुपन्देहीका १ र डोटीका १ जनाको पीसीआर पनि पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा। गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उपत्यकामा थपिए आज ३१ संक्रमित

काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजधानीका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा आइतबार उपत्यकामा ३१ जनाका कोरोना पुष्टि भएको हो ।
आज काठमाडौं जिल्लाका २२, ललितपुरका ८ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालययले जनाएको छ ।

मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन । शनिबार उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: