पाल्पाका आइसाेलेशन खाली भए, अहिले सम्मका संक्रमित निकाे

meropati

पाल्पा, १९ साउन । पाल्पामा कुल ५६१ संक्रमित मध्ये आइसाेलेशनमा रहेका सबैजना ५६० काेराेना संक्रमित निकाे भएका छन्  । उनिहरु सबै निकाे भएपछाडी पाल्पामा बनाइएका सबै आइसाेलुसन हरु खाली भएका हुन् ।

काेराेना संक्रमित हुने मानिसकाे संख्या घटेपछि निकाे भएर घर जानकाे संख्या बढेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।



कसैलाइ पनि १४ दिन सम्म आइसोलुसनमा बस्दा समेत लक्षण नदेखिएका सबैलाई बिना परिक्षण घर पठाइएकाे हो ।

पाल्पामा हाल सम्म माथागढीका ३० जना, रामपुरका ११७ जना, पूर्वखोलाका १५९ जना, रैनादेवी छहराका ३९ जना, रम्भाका ४४ जना, बगनासकालीका ४२ जना, तिनाउका ८ जना, रिब्दीकोटका ५ जना, निस्दीका ९९ जना, तानसेनका १४ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पाल्पाकाे पूर्वखाेलाका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । उनलाइ काेराेना पाेजेटिभ भेटिएकाे हाे ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: