सुनकाे भाउ ताेलाकाे एक लाख पुग्न २ सय कम

Avatar
२० श्रावण २०७७, मंगलवार १०:४६

काठमाण्डाै, २० साउन । सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १०:४६

प्रतिक्रिया दिनुहोस्