थप २५९ जनामा कोरोना संक्रमणः संक्रमितको संख्या २१ हजार ९ पुग्याे

Avatar
२० श्रावण २०७७, मंगलवार १६:३२

काठमाडौं, २० साउन । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१००९ पुगेको छ । संक्रमितहरु मध्ये हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६८७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवकता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ६५ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १५०२६ पुगेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२५जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १०४५२ जना रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १६:३२

प्रतिक्रिया दिनुहोस्