विद्यार्थी, बैंकर, शिक्षक र व्यापारीमा पनि देखियाे कपिलवस्तुमा कोरोना

meropati

कपिलवस्तु, २० साउन । कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ।

सङ्क्रमितमध्ये १ जना एभरेस्ट बै‌क कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ विद्यार्थी रहेका छन्। जिल्लामा हालसम्म ८ सय ६ जनामा कोरोना देखिएको थियो। कुल सङ्क्रमितमध्ये ७ सय ३९ जना भारतबाट, २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय छन्।



कृष्णनगरमा १ सय ३३ जनाको नमुना संकलन गरिएको थियो। ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो। समुदायका कोरोना फैलिएको जाँच गर्न जिल्लाका ६ पालिकाबाट ३ सय २० नमुना संकलन गरिएको थियो।

४ स्थानीय तहका ५८ जना सङ्क्रमित उपचारका लागि आइसोलेसन भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: