कोरोनाका कारण होटेल व्यावसायी माथिको पिडा !

meropati
बुटवल, २० साउन । धेरै समय बिदेशी भुमिमा  विताएका कपिलवस्तु जिल्ला गोरुसिंगेका लक्ष्मण न्यौपाने हाल पेसाले होटेल ब्यबसायी हुन् उनले अहिले  आफ्नै देश मा बसेर केही लगानी गरि  अफ्नो पनि घर परिवार संगैं बसेर रोजि रोटि चलाउन सजिलो होस भनेर र अरु  ८/१० जनालाई पनि रोजगार दिन सकु भन्ने उदेश्यले कपिलवस्तुको गोरुसिङेमा इटालियन रेस्टुरेन्ट एण्ड लज खोलेकाे वताए ।  तर के गर्ने काम सुरु गरेको केही समयमै कोरोना महामारी आउँदा आयाे र होटल नै बन्द गर्नु पर्‍यो ।
समय सोचेजस्तो भयेन,  नेपाल मा कुनै पनि काम र नीति नियम सहज रहेनछ  सानो ब्यापारी लाई कुनै पनि सुबिधा राज्य बाट नहुने  र जो सरकारको पहुँचमा छ  वा अलि चलखेल गर्न सक्छ , उसले मात्र जस्तो परिस्थितिमा पनि देशमा ब्यापार गर्न सक्छ जस्तो लाग्यो उनले आफुले खोलेकाे होटल बन्द गरेपछिकाे पिडा सुनाए ।
कोरोना त बरु आयो आयो यो संगैं हामी भर्खरै लगानी गरेका र काम गर्न नपाएका र   लामो लक्डाउन परेकाले राज्यले पनि केही  सहयोग दिने सहज ऋण भएपनि उपलब्ध गराउने बैंकले पनि केही समयका लागी ब्याज तथा कर्जामा सहुलियत दिएकाे भए सहयोग हुने थियो । त्यो त कहाँकाे कहाँ बरु उल्टै कर बुजाउनु पर्ने बाध्यता भयो।  अस्वभाविक नीति नियम  , घर भाडा , पानी बिजुली बिलहरु पनि बुजाउनु पर्ने जस्ता धेरै  बाद्यकारी  नियम भएकाले पनि हामी जस्तालाई त धेरैनै ग्राहो बनायो उनले आफ्नो बारेमा बताए ।
अहिलेको होटेल ब्यबसाय सारै पीडा मा छ  न्यापाने का अनुसार ” म बिदेशमा बस्दा पनि धेरै नेपालीको सहयोग गरि उनीहरुको मनोबल बडाउने काम गरेको थिए । नेपाल आएर सानोतिनो लगानी गरेर केही गर्न खोज्दा सीप र क्षमता भएर  पनि सफल हुन नसकिने  डर त्राश को कारण  सधै तनाव भै रहने भयो । व्यावसाय नचल्दा ऋण भाडा कर्मचारीकाे जिम्मेवारी तलब पनि  समेत दिन ग्राहो हुने भयो ।
बिदेसमा गएर केही रकम त कमाउन सकिएला तर आफ्नो उर्जाशिल समय, यातना , बिछोडको पिडा सहदै युवा अवस्थामै गुमाएर फर्किन कसैलाई रहर हुदैन । यहाको लगानीले मात्र १० जनालाइ जागीर दिदा आफुसङै १० परिवार खुशिले बस्न सक्दछन ।
परिवारमा बस्दा दुख शुख साथ सहयोग जस्ता कुराले आफुसङै परिवारका सदस्यमा आत्म बिश्वास बड्दछ । एस्ता कुरा प्रती सम्बन्धित निकाएको ध्यानाकर्षण हुन जरुरी छ ।
उनले भन्छन् “जनतामा आएको निराशा ले गर्दा आज शिक्षा र सीपयुक्त  उर्जाशिल जनशक्ति  पनि बिदेशी भुमिमा डर त्रास र धम्की संगै  गाडि  धुने ,सुपर्मार्केटमा धुलो पुछ्ने ,फलाम बोक्ने  ,घरमा खाना पकाउने जस्ता काममा  ब्यस्त हुनुपर्ने बाध्यता छ र रहिरहनेछ । “
त्यसैले यो कोरोनालाई अबसरकाे रुपमा परिणत गरि अन्य लाई समेत नयाँ रोजगारीका बाटो खुलाउन सके सबैलाई राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: