भैरहवामा कोरोना संक्रमित सम्पर्कविहीन

meropati

बुटवल,१ साउन । रुपन्देहीमा फेरि एकजना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएका सिद्धार्थनगर–८ का २८ वर्षका पुरुष सम्पर्कविहीन भएका हुन् । यसअघि शनिबार सोही अस्पतालमा गरिएको परीक्षणमा बुटवल–६ ठेगाना लेखाएका ४६ र २७ वर्षका पुरुष पोजेटिभ रिपोर्ट आएलगत्तै सम्पर्क विहीन भएका थिए । पछि खोजतलास गर्दा उनीहरु सिद्धार्थनगर–४ मा बस्दै आएका खुल्न आएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनीहरु हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।



सिद्धार्थनगर–४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले स्वास्थ्य कार्यालयबाट वडामा बस्दै आएका दुईजना कोराेना संक्रमित सम्पर्क विहीन रहेको जानकारी आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: