नगरपालिकाका मेयरसहित ५५ जनामा कोरोना पुष्टि

meropati

पर्सा, २४ साउन । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा मेयर साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: