नेपालगन्जका ३० जना प्रहरीसहित बाँकेमा थप ४८ जनामा संक्रमण पुष्टि,

meropati

बाँके, २५ साउन । बाँकेमा थप ४८ जना सहित ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा थप ४८ र दाङका ३ जना गरि ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।



वडा प्रहरी कार्यालय नेपालगन्जका २९ जना सहित ३० जना प्रहरीलाई कोरोना पुष्टि भएको हो । ती मध्ये एक जना प्रहरी बागेश्वरी मन्दिरमा ड्युटी भएका हुन् ।

वडाका प्रहरी इन्चार्जलाई समेत पनि कोरोना देखिएको हो । यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा शिल गरिएको थियो । वडा प्रहरी कार्यालयबाट मात्रै ४७ जनाको स्वाब लिइएको थियो ।

आइतवार थप संक्रमित सहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको जिल्ला स्वास्थय कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: