काठमाडौं महानगरका अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

meropati

काठमाडौं, २६ साउन,  । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ ।

सोमबार बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर १२ र २१ मा अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । दुवै वडाले संयुक्त रुपमा जारी गरेको सूचनामा भनिएको छ, ‘औषधि, खाद्यान्न र पानी पसल बाहेक अन्य पसलहरु बन्द गर्न अनुरोध गरिन्छ ।’  खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ । दुवै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण बढ्न गई भयावह हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अत्यावश्यकीय बाहेकका सेवा बन्द  गर्नु परेको सूचनामार्फत जानकारी गराइएको छ ।



दुवै वडाले संयुक्त रुपमा जारी गरेको सूचनामा भनिएको छ, ‘औषधि, खाद्यान्न र पानी पसल बाहेक अन्य पसलहरु बन्द गर्न अनुरोध गरिन्छ ।’खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।दुवै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण बढ्न गई भयावह हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अत्यावश्यकीय बाहेकका सेवा बन्द गर्नु परेको सूचनामार्फत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: