भेटिएको शवको पहिचान खुल्यो

meropati

काठमाडौं,६ साउन । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको  एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले  बतायो ।

मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: