थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टिः संक्रमित संख्या २३ हजार ९४८

meropati

काठमाडौं, २७ साउन । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।



देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने  मृतकको संख्या ८३ पुगेको छ ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: