जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवती यात्रा

meropati

पाल्पा, २८ साउन । जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा बुधबार रणउजिरेश्वरी भगवती यात्रा (जात्रा) निकालिदै छ।

भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ । विसं.१८७१ ÷७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो । भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्रज्य विस्तारवादको नेतृत्व गरेको अङ्गे्रज फौजलाई परास्त गरेको खुसीयालीम विजयउत्सव सहित भगवतीको रथयात्रा निकालिने चलन छ ।



जितगढीको युद्ध ऐतिहाँसीक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रागरी बजार परिक्रमा गराएका थिए । १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।

दुइ सय २औं संस्करणको रुपमा आज जात्रा निकाल्न थालिएको छ। साइत अनुसार दिउँसो ठीक पौने १२ बजे भगवतीको रथ उठाईने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो । नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ति वाचन गरेर रथ यात्राको प्रारम्भ हुने उहाँले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष भने विगत वर्ष जस्तो भव्य नहुने भएको छ । सामाजिक दूरी कायम गरेर केही निश्चित मानिसहरूको उपस्थितिमा भगवतीको पूजा गरिने छ ।

मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रशासन, तानसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत केही संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा तान्त्रिक विधिबाट भगवतीको पूजाआरधना गरिने अध्यक्ष उदयले बताउनुभयो ।

भगवतीको पर्तिमूर्ती रथमा राखेर मन्दिर परिसरमै परिक्रमा गराउने उहाँले बताउनुभयो। विगतका वर्षमा भने बाजागाजासहित हजारौ मानिसहरूको उपस्थितिमा तानसेन बजार परिक्रमा गराइन्थ्यो। यो वर्ष सबै वलि दिने कार्यक्रम समेत रोकिएको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: