पाल्पामा समेत समुदायस्तरमा कोरोना संक्रमण देखियोः घरमै बसेकी महिलामा संक्रमण पुष्टि

meropati

पाल्पा, २९ साउन । आफन्तको उपचारका लागि लुम्विनी मेडिकल कलेजमा सहयोग कार्यमा खटिएकी पाल्पा तानसेन नगरपालीका वडा न ४ कि ४० वर्षिय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

पाल्पामा यो नै पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण देखिएको हो । हाल सम्म पाल्पामा समुदायस्तरमा कुनै पनि ब्यक्तिमा कोरोना देखिएकाे थिएन ।



यस भन्दा अगाडी पाल्पाका समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन  गरिएको स्वाब परीक्षणका क्रममा कसैलाइ पनि कोरोना देखिएकाे थिएन ।

तानसेन–४, स्थित घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना सङ्क्रमण देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरेका छन् ।

घरमै बसेर लुम्विनी मेडिकल कलेजमा उपचाररत महिलामा कोरोना सङक्रमण देखियो उनले भने यो नै पहिलो समुदाय स्तरको कोरोना  केश हो ।

उनिसंगैं रहेका उनका श्रीमानमा भने रिपोर्ट नेगेटिभ आएको छ । छिमेकी जिल्लाहरु रुपन्देही र स्याङ्जामा समुदाय स्तरमा कोरोना पुष्टि भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: